लुम्बिनी लायन्सद्वारा जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य!

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क- लुम्बिनी लायन्सद्वारा जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लुम्बिनी लायन्सले १४९ रन बनाएको हो। लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए।

जनकपुर बोल्ट्सका बलर विशाल सुश्लिङ र राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै समान २–२ विकेट लिए।

अब १५० रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्स मैदानमा उत्रिएको छ। जनकपुरले लक्ष्य पूरा गर्दै जित निकाल्ने प्रयास गर्नेछ।