सोनमा गाउँपालिकामा मा वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, जनता मा वि सुन्दरपुर प्रथम

महोत्तरी टुडे     

DK यादव सोनमा महोत्तरी,

श्री गेउडका धाम समाज युवा समिति सोनमा गाउँपालिका–५ खैरबनीको आयोजनामा माध्यमिक विद्यालय (मावि) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय सुन्दरपुर प्रथम स्थान हासिल गर्न सफल भएको छ।२०८३ साल कार्तिक १८ गते श्री जनता माध्यमिक विद्यालय खैरबनीमा सम्पन्न प्रतियोगितामा सोनमा गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयमध्ये ५ वटा विद्यालयको सहभागिता रहेको थियो।

WhatsApp Image 2026-11-04 at 6.53.22 PM (1).jpeg
प्रतियोगितामा नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयबाट कुल ६० वटा प्रश्न सोधिएको थियो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा विद्यालयहरूले प्राप्त गरेको अंकका आधारमा नतिजा सार्वजनिक गरिएको थियो।

प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः
१. प्रथम: श्री जनता माध्यमिक विद्यालय सुन्दरपुर — १५ अंक
२. दोस्रो: श्री जनता माध्यमिक विद्यालय खैरबनी — १४ अंक
३. तेस्रो: श्री माध्यमिक विद्यालय खखना लौतना — ७ अंक
४. चौथो: श्री जनता माध्यमिक विद्यालय खेश्राहा — ४ अंक
५. पाँचौँ: श्री ने.रा.रा. माध्यमिक विद्यालय सिहासनी — १ अंक

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई प्रमुख अतिथि धर्मेन्द्र कुमार यादवले कप, मेडल तथा ब्याग प्रदान गर्नुभयो। दोस्रो हुने विद्यालयलाई विशिष्ट अतिथि रजनिश यादवले तथा तेस्रो हुने विद्यालयलाई समितिका अध्यक्ष सुनील कुमार यादवले कप, मेडल तथा ब्याग प्रदान गर्नुभएको थियो।

WhatsApp Image 2026-11-04 at 6.53.22 PM (2).jpeg

समितिका अध्यक्ष सुनील कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोनमा गाउँपालिकाका शिक्षा सह संयोजक धर्मेन्द्र कुमार यादव प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी जनता मावि खैरबनीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रजनिश यादव, सशस्त्र प्रहरी क्याम्प खैरबनीका इन्स्पेक्टर, पूर्व गाविस अध्यक्ष रामदुलार यादव विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षाप्रेमी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण सिकिन्द्र सहनीले गर्नुभएको थियो। प्रतियोगितामा समय हेर्ने काम शिक्षक अमित आचार्य, अंक लेख्ने काम शिक्षक होसनारायन यादवले गर्नु भएको थियो l 

WhatsApp Image 2026-11-04 at 6.53.22 PM.jpeg
यसै अवसरमा समितिले प्रमुख अतिथि धर्मेन्द्र कुमार यादवलाई प्रशंसापत्र तथा ब्याग प्रदान गरी सम्मान गरेको थियो।


विद्यार्थीहरूको शैक्षिक क्षमता, ज्ञान, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।


श्री गेउडका धाम समाज युवा समितिले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ।

a.jpgअ१.jpgअ२.jpg

WhatsApp Image 2026-11-04 at 6.53.22 PM.jpeg