वर्षायाममा हिलोले सास्ती, बैरगिया वडा कार्यालय देखि–भेटपुर सडकमा ढलानको माग

महोत्तरी टुडे     

महोत्तरी टुडे | सम्सी, महोत्तरी

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–३ बैरगिया स्थित वडा कार्यालयदेखि पश्चिमतर्फ भेटपुर जाने सडक हालसम्म पनि व्यवस्थित रूपमा निर्माण हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।

IMG-20260722-WA0025.jpg

स्थानीयका अनुसार सडकमा आवश्यक माटो नहालिएकाले वर्षायाममा सडक हिलोमय बन्छ, जसका कारण पैदल यात्रु, विद्यार्थी, किसान, ज्येष्ठ नागरिक तथा बिरामीलाई आवतजावत गर्न निकै कठिन हुने गरेको छ। कतिपय स्थानमा पानी जम्ने भएकाले सडक प्रयोग गर्न झन् समस्या हुने स्थानीयको भनाइ छ।

 

गाउँबासीले महोत्तरी टुडे लाई जानकारी दिँदै उक्त सडकमा आवश्यक माटो हालेर ढलान निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार यो सडक दैनिक आवतजावतका लागि महत्वपूर्ण भए पनि हालसम्म आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन।

IMG-20260722-WA0027.jpg

स्थानीयवासीले सम्सी गाउँपालिका र वडा नं. ३ कार्यालयको ध्यानाकर्षण गराउँदै वर्षायाममा हुने सास्तीलाई मध्यनजर गर्दै वडा कार्यालयदेखि भेटपुर जोड्ने यस सडकमा यथाशीघ्र माटो भरेर ढलान निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्।

 

तस्बिर: सम्सी गाउँपालिका–३ बैरगिया, वडा कार्यालयदेखि पश्चिमतर्फ भेटपुर जाने सडक।