एमाले–नेकपा बीच प्रदेश सरकार गठनमा सहमति, ओली र प्रचण्डद्वारा सहमतिपत्रमा हस्ताक्षर।

महोत्तरी टुडे     

काठमाडौं | नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता साझेदारीका विषयमा सहमति भएको छ। शनिबार सार्वजनिक गरिएको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले हस्ताक्षर गरेका छन्।

FB_IMG_1784986913838.jpg

सहमतिपत्रमा विगतमा प्रदेश सभाहरूमा बजेट निर्माण, राजनीतिक अस्थिरता तथा विकास निर्माणमा देखिएका समस्यालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र तीव्र विकासलाई प्राथमिकतामा राखेर संयुक्त रूपमा अघि बढ्ने उल्लेख गरिएको छ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले नेतृत्व गर्ने सहमति भएको छ।

FB_IMG_1784986910507.jpg

त्यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख छ।

 

सहमतिपत्रमा दुवै दलले प्रदेश सरकारहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त सहमतिपत्रमा २०८३ साल साउन ९ गते हस्ताक्षर गरिएको उल्लेख छ।