महोत्तरीमा जसपाको "जिल्ला अगुवा कार्यकर्ता भेला" हुने, शिर्ष नेताहरूले सम्बोधन गर्ने

महोत्तरी टुडे     

महोत्तरी टुडे, महोत्तरी-

जनता समाजवादी पार्टी (जसपा), नेपाल जिल्ला समिति महोत्तरीको आयोजनामा आगामी असार १० गते बुधबार "जिल्ला अगुवा कार्यकर्ता भेला" हुने भएको छ। जसपा नेपाल केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरको पूर्व घोषित कार्यक्रम अनुसार सो भेलाको आयोजना गर्न लागिएको हो।

 

जिल्ला समन्वय समितिको सभाहलमा दिनको ठीक १:०० बजे सुरु हुने उक्त विशेष भेलालाई जसपाका पार्टी संरक्षक महन्थ ठाकुर र पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

जसपा नेपाल महोत्तरीका जिल्ला अध्यक्षद्वय रामबाबु साह र राम नरेश रायद्वारा जारी संयुक्त पत्र अनुसार उक्त भेलामा सहभागी हुनका लागि केन्द्रीय समन्वय समिति सदस्य, केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्य, जिल्ला समिति, पालिका समिति, वडा समिति, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति सभापति, उपसभापति र सदस्यहरूलाई आमन्त्रण गरिएको छ।

 

यसैगरी सम्पूर्ण निर्वाचित पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष लगायत वडा समिति सदस्यहरू तथा भातृ एवं जनवर्गीय संगठनका जिल्ला समितिहरूलाई समेत कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।