वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट गर्नुपर्छ।

महोत्तरी टुडे     

काठमाडौं — वैदेशिक रोजगारीमा जाने कामदारहरूले अब स्वास्थ्य परीक्षण अनिवार्य रूपमा नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट मात्रै गर्नुपर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ अनुसार विदेश जानुअघि मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार स्वीकृति नपाएका स्वास्थ्य संस्थाबाट गरिएको स्वास्थ्य परीक्षण मान्य नहुनेछ। साथै, स्वास्थ्य संस्था सूचीकृत, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ।

FB_IMG_1774951845608.jpg

यस निर्णयले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य सुरक्षा थप व्यवस्थित हुने विश्वास गरिएको छ।