गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण: प्रविधि, सेवा र पहिरनमा सुधारमा जोड।

आशिक हुसैन शेख     

काठमाडौं। गृहमन्त्री सुधन गुरूङ ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी संगठनलाई आधुनिकीकरण, प्रविधिमैत्री र जनमुखी सेवा प्रवाहमा निर्देशित गर्नुभयो।

FB_IMG_1774895201358.jpg

प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभयो। उहाँले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी शहीद प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो।

FB_IMG_1774895211745.jpg

निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले प्रहरी सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, Artificial Intelligence and Advanced Analytics Cell, डाटा सेन्टर तथा पोलीग्राफ सेक्सनको अवलोकन गर्नुभयो।FB_IMG_1774895206787.jpg

कार्यक्रममा उहाँले प्रहरी युनिफर्ममा सुधार गर्ने विषयमा पनि कुरा गर्दै, प्रहरी पहिचान सहज र विदेशी प्रहरी जस्तै परिचित हुने गरी डिजाइन गर्नुपर्ने सुझाउनुभयो। यसले नागरिकलाई प्रहरी सजिलै चिन्ने र सुरक्षा महसुस गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

FB_IMG_1774895221410.jpg

उहाँले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आएको चर्चा गर्दै, आगामी दिनमा अझ प्रभावकारी र निडर भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभयो। साथै, नागरिकसँगको सम्बन्ध सुमधुर बनाउँदै शिष्ट व्यवहार, बचन र कार्यशैलीमार्फत सेवा प्रवाहमा सुधार गर्न जोड दिनुभयो।

FB_IMG_1774895217932.jpg

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ ले प्रहरीको व्यावसायिक क्षमता र निर्वाचन सञ्चालनमा योगदानको प्रशंसा गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले संगठनको आधुनिकीकरण र स्तरोन्नतिमा सरकारको मार्गनिर्देशन महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो।

FB_IMG_1774895241613.jpg

कार्यक्रममा देशभरका प्रहरी इकाइहरू, प्रदेश प्रहरी कार्यालयहरू तथा तालिम केन्द्रहरूबाट भर्चुअल सहभागिता रहेको थियो।

FB_IMG_1774895233062.jpgFB_IMG_1774895225629.jpgFB_IMG_1774895253590.jpgFB_IMG_1774895250211.jpgFB_IMG_1774895263182.jpgFB_IMG_1774895201358.jpg