कतारमा अवैध भिडियो र भ्रामक सूचना फैलाएको आरोपमा ३१३ जना पक्राउ

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा कतार- कतारमा अनुमति बिना भिडियो खिच्ने र भ्रामक सूचना फैलाउने काम नगर्न गृह मन्त्रालयको चेतावनी।

कतारमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने, अनुमति बिना भिडियो बनाउने वा अपलोड गर्ने गतिविधि बढ्दै गएको पाइएको छ। हालै यस किसिमका गतिविधिहरूका कारण ३१३ जना पक्राउ परेका छन्।

कतारको गृह मन्त्रालयले बारम्बार चेतावनी जारी गर्दै यस्तो काम नगर्न सबैलाई आग्रह गरेको छ। अधिकारीहरूले विशेष गरी TikTok, Facebook लगायतका सामाजिक सञ्जालमा सार्वजनिक स्थान, दुर्घटना स्थल, झगडा वा अन्य संवेदनशील विषयका भिडियो अनुमति बिना खिचेर अपलोड नगर्न सुझाएका छन्।

गृह मन्त्रालयका अनुसार यस्ता गतिविधिले समाजमा भ्रम फैलाउन सक्छ र सार्वजनिक सुरक्षामा असर पार्न सक्छ। त्यसैले कतारमा बसोबास गर्ने सबै व्यक्तिले देशको नियम तथा कानूनको पूर्ण सम्मान गर्नु आवश्यक छ।

साथै, सामाजिक सञ्जालमा कुनै पनि प्रकारको भ्रामक भिडियो, अनुमति बिना खिचिएको भिडियो वा फोटो अपलोड नगर्नुहोस्, अफवाह फैलाउन नदिनुहोस् र जिम्मेवार प्रयोगकर्ता बन्नुहोस्। नियम उल्लङ्घन गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।

हामी जहाँ बसे पनि नियम पालन गर्नु हाम्रो जिम्मेवारी हो। यसले नेपाली समुदायको राम्रो छवि बनाउँछ र हाम्रो सुरक्षा सुनिश्चित गर्छ।