एनआरएनए एनसिसी कतारको पहलमा रक्तचापका बिरामी सामुयल सुनुवारलाई व्यापक आर्थिक सहयोग

आशिक हुसैन शेख     

आशिक हुसैन शेख, दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको एनआरएनए एनसिसी कतार को पहलमा उच्च रक्तचापका कारण अस्वस्थ भएका पूर्व कार्यसमिति सदस्य तथा सांस्कृतिक संयोजक सामुयल सुनुवार ‘साम’लाई व्यापक आर्थिक सहयोग प्रदान गरिएको छ।

एनिसी कतारका अध्यक्ष कृष्ण पन्थी ले संस्थागत रूपमा श्रमिक विभाग संयोजक तथा द्वितीय उपाध्यक्ष सन्तोष पौडेल लाई जिम्मेवारी प्रदान गरेपछि आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानमार्फत संकलित २ लाख रुपैयाँ उपचार सहयोग स्वरूप नेपाल पठाइएको थियो।

सुनुवारसँग कतारमा लिमोजिनमा ड्राइभिङको काम गर्दा कम्पनीसँग ६४,००० कतारी रियालको ऋण पनि थियो। एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको पहलमा कम्पनीसँग साक्षात्कार गरी ऋण माफी गराइयो। र साथमा जनजाति महासंघ कतारका अध्यक्षले पनि सहयोग गरेको थियो।

साथै, हामाद अस्पताल को उपचारको बिल १ एक लाख भन्दा बढी कम्पनीले तिर्न नसकेपछि एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको पहलमा व्यवस्थापन गर्यो। कतारको श्रमिक सामाजिक सुरक्षा कोष (Worker Social Insurance Fund – WSIF) सँगको Agreement प्रक्रिया अनुसार पनि अध्यक्ष कृष्ण पन्थीको पहलमा २ दुई वटै कम्पनी र हमाद हस्पिटल मिनाह गराए। सुनुवारको श्रम कार्डको नवीकरण प्रक्रिया अर्जुन पौडेलले व्यवस्थित गरी आवश्यक शुल्क गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले तिरेका थिए।

कतारमा काम गर्ने क्रममा उच्च रक्तचापका कारण बेहोस भएपछि प्रारम्भिक उपचार पश्चात् उनलाई थप उपचारका लागि नेपाल पठाइयो। हाल काठमाडौंको नयाँ बानेश्वरस्थित होलिस्टिक हेल्थमा चेकजाँच गराउँदै घरमै आराम गरिरहेका सुनुवारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी उपाध्यक्ष पौडेलले दिएका छन्। कतारबाट नेपाल फर्काउँदा बोल्न नसक्ने अवस्थामा रहेका उनी अहिले सामान्य कुराकानी गर्न सक्ने अवस्थामा पुगेका छन्।

सामुयल सुनुवार एनिसी कतारमा दुई कार्यकाल सांस्कृतिक संयोजकका रूपमा कार्यरत रहँदै विशेषगरी कतारस्थित नेपाली कलाकारहरूबीच सक्रिय भूमिका निर्वाह गरेका थिए। उनले FIFA World Cup 2022 का क्रममा नेपाली संस्कृति अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए। उनी नव कलाकारहरूका प्रिय र प्रेरणाका स्रोत मानिन्थे।

रामेछाप जिल्ला, उमाकुण्ड गाउँपालिका–४ प्रीति निवासी सुनुवार सन् २०१४ जुलाईदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत थिए। उनी सुनुवार सेवा समाज शाखा कतारका पूर्व अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ कतारका सल्लाहकार तथा रामेछाप सेवा समाज कतारका विशेष सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध थिए।

एनआरएनए एनसिसी कतारले आफ्ना सक्रिय सदस्यप्रति देखाएको यस सहयोगले प्रवासमा आपसी सहकार्य, मानवीय एकता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

Screenshot_2026-02-27-00-34-40-24_a23b203fd3aafc6dcb84e438dda678b6.jpg