भारतीय प्रधानमन्त्री मोदीले असार ७ मा अमेरिकी संसद्को बैठकलाई सम्बोधन गदै


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमागी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री मोदीले असारको पहिलो हप्ता गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेको समाचार संस्था एएनआईले जनाएको छ ।
उनले सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण आएको एएनआईमा जनाइएको छ ।
प्रधानमन्त्री मोदीले पनि अमेरिकी सदनको निमन्त्रणा स्वीकार गर्दै संयुक्त बैठकमा सम्बोधन गर्ने घोषणा गरेका छन् ।
अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई दुई पटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनुहुनेछ । यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो ।
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेता मोदीले तीनै जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसँग द्विपक्षीय र बहुपक्षीय भेटघाटका लागि आधा दर्जनभन्दा बढी पटक अमेरिकाको भ्रमण गरेका थिए ।
तर राजकीय भ्रमणका निम्ति उहाँलाई पहिलो पटक निमन्त्रणा गरिएको छ । अमेरिकाका नजिकका मित्र र सहयोगीहरूलाई मात्र यस्तो सम्मान दिने प्रचलन छ ।