ईद अल-अजहा(बकरिद)को अवसरमा नेपाली दूतावास दोहा दुई दिन बन्द रहने

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा कतार- कतारस्थित नेपाली राजदूतावास, दोहाले ईद अल-अजहाको पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ।

राजदूतावासद्वारा सोमबार जारी गरिएको सूचनाअनुसार ईद अल-अजहाको अवसरमा आगामी जेठ १३ र १४ गते (तदनुसार २७ र २८ मे २०२६) बुधबार र बिहीबार दूतावास बन्द रहने जनाएको छ।

यस अवधिमा नियमित कन्सुलर सेवा तथा कार्यालयका अन्य सेवा स्थगित रहने दूतावासले जानकारी दिएको छ। साथै अत्यावश्यक सेवा बाहेकका कार्यहरू उक्त दुई दिनपछि पुनः सञ्चालन हुने जनाइएको छ।

दोहास्थित नेपाली समुदायलाई आवश्यक काम समयमै सम्पन्न गर्न दूतावासले अनुरोध समेत गरेको छ।

Embassy of Nepal, Doha Qatar साथै ईद पर्वको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

सुचना जारी 

FB_IMG_1779703813673.jpg