इन्द्र पूजा मेला महोत्सवका लागि सोनमाका गा.पा. अध्यक्ष यादवद्वारा २ लाख ५५ हजार आर्थिक सहयोग
D K यादव महोत्तरी, २९ भदौ ,
महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३, रघुनाथपुरमा आयोजना हुन गइरहेको भव्य ‘श्री इन्द्र मेला महोत्सव २०८३’ का लागि सोनमा गाउँपालिकाका मेयर विश्वेश्वर प्रसाद यादवले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान हाम्रो गौरव’ भन्ने नाराका साथ स्थानीय श्री रामनाथ सर्वेश्वर रामजानकी मन्दिर रघुनाथपुरको प्राङ्गणमा यो महोत्सव आयोजना हुन लागेको हो।
मेलालाई भव्य र सफल बनाउनका लागि मेयर यादवले व्यक्तिगत तथा संस्थागत रूपमा रु. २,५५,००० दुई लाख पच्च्वन हजार को आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो।
आर्थिक सहयोगको घोषणा गर्दै मेयर यादवले भन्नुभयो, "पालिका भरी हुने धार्मिक कार्यक्रमहरूमा म सधैं सहयोग गर्दै आइरहेको छु। हाम्रो संस्कृति र परम्परालाई जोगाउनु हामी सबैको दायित्व हो।" उहाँले इन्द्र भगवानको कृपा र नगरवासीको सामूहिक सहयोगले यो मेला महोत्सव पूर्ण रूपमा सफल हुने विश्वास समेत व्यक्त गर्नुभएको छ।

असोज १० गतेदेखि मेला सुरु हुनेभाद्र तथा असोज महिनाको पावन अवसरमा आयोजना हुने यो ऐतिहासिक मेला आगामी २०८३ साल असोज १० गतेदेखि असोज १५ गतेसम्म चल्नेछ। ६ दिनसम्म चल्ने यस महोत्सवमा स्थानीय तथा छिमेकी पालिकाका हजारौँ दर्शनार्थी एवं सर्वसाधारणको उपस्थिति रहने अनुमान गरिएको छ। मेलाका मुख्य आकर्षणहरू:यस वर्षको इन्द्र मेला महोत्सवलाई थप मनोरञ्जनात्मक र सांस्कृतिक रूपले समृद्ध बनाउन विभिन्न कार्यक्रम तथा सुविधाहरूको व्यवस्था गरिएको छ:
छौरदनाको नाच: मेलाको मुख्य सांस्कृतिक आकर्षणको रूपमा परम्परागत छौरदनाको नाच प्रस्तुत गरिनेछ।
विभिन्न किसिमका पिङ (झुला): बालबालिका तथा युवाहरूका लागि सबै प्रकारका मनोरञ्जनात्मक पिङहरूको व्यवस्था रहनेछ।स्वादिष्ट खाना र स्थानीय परिकार: मिथिलाञ्चलको रैथाने स्वाद र स्वादिष्ट खानाका स्टलहरू रहनेछन्।
बजार तथा पसलहरू: लत्ताकपडा, जुत्ता-चप्पल, र घर गृहस्थीका उपयोगी सामानहरूको वृहत् बजार लाग्नेछ।
सांस्कृतिक कार्यक्रम: स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ।
फोटो खिच्ने स्टल र खेल तमासा: आगन्तुकहरूका लागि तस्बिर खिच्ने विशेष स्टल र विभिन्न खेलकुदका तमासाहरू प्रदर्शन गरिनेछ।मेला व्यवस्थापन समितिले सम्पूर्ण नगरवासी तथा दर्शनार्थीहरूलाई उपस्थित भई मेलाको अवलोकन गर्न र मनोरञ्जन लिन हार्दिक निमन्त्रणा गरेको छ।
मेला सम्बन्धी थप जानकारी वा सम्पर्कका लागि
पूर्व वडा अध्यक्ष पुलिन्द्र कु. यादव ९८१२१४१८४१ र शम्भु यादव ९८१२०२८१७८ लाई जिम्मेवारी तोकिएको छ।
