उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

आशिक हुसैन शेख     

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

 

पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा देखिएको एलपी ग्यास अभाव समाधान गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना हुँदै आएको थियो।

 

बुधबार बसेको संसदीय समिति बैठकमा यादवले ग्यास अभावका लागि उद्योगीलाई जिम्मेवार ठहर गर्दै कर्मचारीले समेत आफूलाई सहयोग नगरेको बताएकी थिइन्।

 

उद्योगीलाई कारबाही गर्ने तथा लाइसेन्स खारेज गर्नेसम्मको अभिव्यक्ति दिएपछि ग्यास व्यवसायीहरूले त्यसको विरोध गरेका थिए। उनीहरूले विवादास्पद अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।

InShot_20260910_114945522.jpg