स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार वितरण

महोत्तरी टुडे     

शिव (प्रदीप) चौबे/तौलिहवा,

कपिलवस्तुमा स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

received_2145315533088013.jpeg

नेपाल प्रेस युनियन कपिलवस्तुको आयोजनामा शनिबार, २०८३ साल भदौ २७ गते नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सभाहलमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कपिलवस्तुमा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, सञ्चारकर्मी तथा नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकार संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

received_3651334238359725.jpeg

कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन कपिलवस्तुका सचिव अंकुश श्रीवास्तवले गर्नुभएको थियो। नेपाल प्रेस युनियन कपिलवस्तुका अध्यक्ष खग शर्मा चपाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा पुरस्कार संरक्षक हरिराज शर्मा, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, कपिलवस्तु नगरपालिका–३ का वडा अध्यक्ष प्रकाश गैरे, किरनमान बज्राचार्य, प्रगतिशील पत्रकार संघका अध्यक्ष मोहन बेलबासे, प्रेस चौतारी नेपालका अध्यक्ष बाबुराम रायमाझी, मधेशी पत्रकार समाजका अध्यक्ष रमेश मिश्रा, प्रेस सेन्टर नेपालका अध्यक्ष मनिष कार्कीलगायत पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

received_1791794155607740.jpeg

त्यस्तै, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष सरोज अर्याल, केन्द्रीय सदस्य गोपाल भण्डारी, पूर्वसचिव मणि प्रसाद गैरे, मधेश मिडिया सोसाइटीका मनोज श्रीवास्तव, कपिलवस्तु सन्देशकी अन्जु लामिछाने, नवलपुर टुडेका धर्मेन्द्र कुमार कुर्मी, एसएम न्युजका अजय सहानी, प्रेस युनियनकी सहसचिव सुष्मा गुरागाई, सुधांशु गिरीलगायतको सहभागिता रहेको थियो।

 

कार्यक्रममा उत्कृष्ट पत्रकारिता गरेको भन्दै तीन जना पत्रकारलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउने सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको बताइएको छ।

 

पुरस्कार वितरण कार्यक्रमले कपिलवस्तुमा पत्रकारिता क्षेत्रमा सक्रिय सञ्चारकर्मीलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।