नेपालमा दर्ता भएका र नभएका सामाजिक सञ्जाल सार्वजनिक
महोत्तरी टुडे
भाद्र १२ २०८२
काठमाडौँ ।
नेपालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हालसम्म केही सामाजिक सञ्जाल कम्पनीहरूले मात्र आधिकारिक रूपमा दर्ता गरेका छन् ।
नेपालमा दर्ता भएका सामाजिक सञ्जाल/मिडिया
भाइबर मिडिया
टिकटक
सारांश मिडिया ल्याब प्रालि (वीटक)
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल/मिडिया
फेसबुक
ह्वाट्सएप
वीच्याट
स्नापच्याट
टेलिग्राम
इन्स्ट्राग्राम
युट्युब
एक्स (पूर्व ट्विटर)
नेटफ्लिक्स
लिंकेडइन
थ्रेड्स
डिस्कोर्ड
रेडडिट
विशेषज्ञहरूका अनुसार नेपालमा दर्ता नभएका यी विश्वव्यापी सामाजिक सञ्जालहरूले ठूलो मात्रामा प्रयोगकर्ता भए पनि सरकारसँग कर, कानुनी दायित्व र नियमनको दायरामा आउन बाँकी छ ।
सूचना प्रविधि तथा सामाजिक सञ्जाल नियमनको बहस तीव्र बन्दै गएको छ भने सरकारले दर्ता नभएका कम्पनीहरूलाई पनि नेपालमा आधिकारिक
दर्ता गर्न निरन्तर दबाब दिइरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
