मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना

महोत्तरी टुडे     

चितवन, साउन १७ – आज बिहान मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा तीन सवारी साधन एकआपसमा ठोक्किँदा सवारी दुर्घटना भएको छ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा यात्रुबाहक बस, हाइलक्स गाडी र भारतीय नम्बर प्लेटको टेलर संलग्न भएका छन्। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधनमा सवार यात्रुहरूको अवस्था सामान्य रहेको तथा ठूलो मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

 

सडक चिप्लोपन, ब्रेक फेल वा अन्य प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

छ।