भावुक हुँदै निर्मला पन्तकी आमाको पीडा- "जति भोगेँ त्यो मलाई मात्र थाहा छ, अब त आशा मरेको छ"
कञ्चनपुर- सन् २०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायको लडाइँ अझै पनि अधुरै छ। न्यायको पर्खाइमा बितेका ६ वर्षपछि निर्मलाकी आमा दु:ख र निराशाले चुँडिएकी देखिन्छन्।
एक मिडियासँगको कुराकानीमा निर्मलाकी आमा भावुक हुँदै भन्छिन् ।
"जति भोगेँ त्यो मलाई मात्र थाहा छ। अब त आशा म!रिसक्यो। अ!पराधी पत्ता लाग्छ जस्तो लाग्दैन।"
उनी थप भन्छिन् "छोरी गुमाएको पीडा त दिनरातै पोलिरहन्छ, तर अझ पीडा यो हो कि यति वर्ष बितिसक्दा पनि अपराधी पत्ता लागेन। हामीलाई न्याय नपाइने रहेछ भन्ने लाग्न थालिसक्यो।"
निर्मला पन्तको मुद्दा सुरुदेखि नै विवादित रहँदै आएको छ। प्रमाण मेट्ने प्रयास, कमजोर अनुसन्धान र दोषी पहिचान नहुनुले राज्यको न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै आएको छ।
आज पनि देशभर निर्मलाका लागि न्यायको माग उठिरहे पनि उनका परिवारमा भने आशाको उज्यालो बत्ती झझल्को मात्रै बाँकी रहेको छ।
