सम्सी गाउँपालिका वडा नं. ३ मा वडा स्तरीय क्रिकेट प्रतियोगिता उद्घाटन समारोह सम्पन्न

महोत्तरी टुडे     

सम्सी, महोत्तरी – सम्सी गाउँपालिका वडा नं. ३ बैरगियामा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

IMG-20250622-WA0076.jpg

स्थानीय बैरगियाका युवाहरूको खेलकुदमा रुचि बढाउन र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडाध्यक्ष शेख अतिकुर रहमान, समाजसेवी, शिक्षक, युवा प्रतिनिधिहरू तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

IMG-20250622-WA0055.jpg

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा गाउँ पालिका प्रमुख रामनाथले बोल्दै खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र समर्पणको भावना विकास गराउने बताए। साथै, उनले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

IMG-20250622-WA0056.jpg

प्रतियोगितामा वडा नं. ३ का विभिन्न टोलका टिमहरू सहभागी भएका छन्। आयोजक समितिका अनुसार, विजेता टोलीलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

IMG-20250622-WA0065.jpg

कार्यक्रम संयोजकले सबै खेलाडीलाई खेल भावना राखी प्रतिस्पर्धा गर्न आग्रह गर्दै खेल सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई गाउँ पालिका प्रमुख रामनाथले धन्यवाद दिएका छन्।

IMG-20250622-WA0057.jpg