बहराइनको नागरिक सेवा ब्युरोले नयाँ निर्णय घोषणा गरेको छ।
महोत्तरी टुडे
आषाढ ८ २०८२
बहराइन: बहराइनको नागरिक सेवा ब्युरोको घोषणा : अब ७०% सरकारी कर्मचारीले घरबाटै काम गर्ने
बहराइनको नागरिक सेवा ब्युरोले जानकारी दिएको छ कि आजदेखि अर्को सूचना नआएसम्म देशका सबै सरकारी मन्त्रालय र निकायहरूमा कार्यरत ७० प्रतिशत कर्मचारीहरूले घरबाटै (रिमोट) काम गर्नेछन्।
३० प्रतिशत कर्मचारीहरू भने आवश्यक रूपमा कार्यालयमा उपस्थित हुनेछन्। तर यो नियम अत्यावश्यक सेवा क्षेत्रहरू (जस्तै स्वास्थ्य, सुरक्षा, आपतकालीन सेवा आदि) मा लागू हुनेछैन, जहाँ शारीरिक उपस्थिति आवश्यक हुन्छ वा विशेष आपतकालीन प्रोटोकलहरू लागू छन्।
यस निर्णयको मुख्य उद्देश्य भनेको जनताको सुरक्षालाई सुनिश्चित गर्नु र सेवाको निरन्तरता कायम राख्नु हो, हालको संवेदनशील अवस्थामा सावधानी अपनाउन आग्रह गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया
