ओमानबाट पक्राउ परे रेड नोटिस जारी भएका झापाका विमल राजवंशी
महोत्तरी टुडे
भाद्र ८ २०८३
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी झापाको बिर्तामोड नगरपालिका–३ का विमल राजवंशी ओमानबाट पक्राउ परेका छन्।
एनसीबी मस्कटको समन्वयमा ओमानबाट पक्राउ गरिएका राजवंशीलाई सम्बन्धित मुद्दामा कानुनी कारबाहीका लागि आइतबार (भदौ ७ गते) नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मुद्दामा संलग्न रही फरार रहेका राजवंशीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न एनसीबी काठमाडौंको आग्रहमा इन्टरपोल महासचिवालयले २०८३ वैशाख ३० गते ‘रेड नोटिस’ जारी गरेको थियो।
पक्राउ परेका राजवंशीलाई सम्बन्धित कसुरअनुसार कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइने प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
