रौतहटमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना हुँदै
आशिक हुसैन शेख रौतहट । रौतहटमा मोतियाबिन्दु तथा आँखासम्बन्धी समस्याबाट प्रभावित सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना हुने भएको छ।
युवा समाजसेवी शेख जिक्रुल्लाहको आयोजनामा हुने उक्त निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर (Free Surgical Eye Camp) आगामी २०८३ भदौ २१ गते आइतबार सञ्चालन हुने जनाइएको छ।
शिविर मदरसा इस्लाहुल मुस्लिमिन, गम्हरिया, पर्सा, गढीमाई वडा नं. ३, रौतहटमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार शिविरमा मोतियाबिन्दु लगायत आँखासम्बन्धी समस्या भएका बिरामीलाई आवश्यक जाँच तथा शल्यक्रियासम्बन्धी सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ। आर्थिक अवस्था कमजोर भएका तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकका लागि शिविर उपयोगी हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको समन्वय तथा प्रचार–प्रसारमा तराई टिभी र उज्यालो टीभीको भूमिका रहने जनाइएको छ। साथै शिविरसँग सम्बन्धित संस्थागत सहकार्यमा Ruit Foundation तथा Cure Blindness Project समेत जोडिएका छन्।
आयोजकले आँखासम्बन्धी समस्या भएका सर्वसाधारणलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेका छन्।
