कतारका पूर्व अमिरप्रति नेपाली समुदाय कतारद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आशिक हुसैन शेख     

आशिक  हुसैन शेख दोहा, कतार।

कतारका आदरणीय पूर्व अमिर हिज हाइनेस द फादर अमिर शेख हमद बिन खलिफा अल थानीको सम्मानमा नेपाली समुदाय कतारद्वारा श्रद्धाञ्जली तथा समवेदना सभा सम्पन्न भएको छ।

received_1027987430197062.jpeg

कार्यक्रमको प्रारम्भ मौलाना गुलाम नबी रजवीद्वारा पवित्र कुरआन शरीफको तिलावतबाट गरिएको थियो। त्यसपछि दिवंगत फादर अमिरप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपस्थित सम्पूर्ण सहभागीहरूले एक मिनेट मौनधारण गरेका थिए।

received_1930009064364246.jpeg

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास, दोहा कतारका श्रम अधिकारी प्रेम प्रसाद पोखरेल रहनुभएको थियो। कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीसहित कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक अभियन्ता सागर नेपाल, करीम बक्स मियाँ, अफसर अली खान, चूडामणि गोरागाई, प्रोफेसर रमजान अली मियाँ, समाजसेवी, बुद्धिजीवी, नेपाली महिला दिदीबहिनी, युवा, पत्रकार तथा कतारमा रहेका नेपाली समुदायका उल्लेखनीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

received_1521634872765406.jpeg

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै वक्ताहरूले फादर अमिर शेख हमद बिन खलिफा अल थानीले आधुनिक कतारको विकास, आर्थिक समृद्धि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण तथा विश्वमञ्चमा कतारको प्रतिष्ठा स्थापित गर्न पुर्‍याउनुभएको अतुलनीय एवं ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। उहाँको दूरदर्शी नेतृत्वले कतारलाई विश्वकै अग्रणी राष्ट्रमध्ये एकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ थियो।

FB_IMG_1784225781377.jpg

कार्यक्रममा सहभागी सबैले शोकसन्तप्त कतारी शाही परिवार, कतार सरकार तथा सम्पूर्ण कतारी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा नेपाली समुदाय कतार सदैव कतार राष्ट्रसँग ऐक्यबद्ध रहेको सन्देश दिएका थिए। साथै दिवंगत फादर अमिरको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो।

received_2378355325987906.jpegreceived_1521634872765406.jpeg