इंग्ल्यान्डलाई २–१ ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

आशिक हुसैन शेख     

महोत्तरी टुडे | खेलकुद- साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो हाफमा इंग्ल्यान्डले अग्रता बनाए पनि अर्जेन्टिनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएको थियो।

FB_IMG_1784154790661.jpg

त्यसपछि अतिरिक्त समयको ९०+२ मिनेटमा लाउतारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए। उक्त गोलसँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको छ।

 

अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। फुटबल समर्थकहरू बहुप्रतीक्षित फाइनल खेलको प्रतीक्षामा रहेका छन्।