सेमिफाइनल यात्राका लागि सोनमाको आज 'करो या मरो' को भिडन्त, ९ बजे मनरा शिसवासँग सामना हुदै

महोत्तरी टुडे     

महोत्तरी टुडे संवाददातासोनमा, महोत्तरी।

'महोत्तरी जिल्ला म्युनिसिपालिटी लेभल क्रिकेट टुर्नामेन्ट २०८३' अन्तर्गत समूह 'ए' मा रहेको सोनमा गाउँपालिका क्रिकेट टिमले आज (असार १० गते) आफ्नो तेस्रो तथा अन्तिम समूह चरणको खेल खेल्दैछ।

महोत्तरी-२ स्थित श्री रा. सा. मा. वि. स्कूल क्रिकेट ग्राउण्डमा बिहान ९:०० बजे सुरु हुने आजको खेलमा सोनमाले मनरा शिसवा नगरपालिकाको सामना गर्दैछ। अघिल्लो खेलमा गौशाला नगरपालिकामाथि सुपर ओभरमा हात पारेको सनसनीपूर्ण र ऐतिहासिक जितले सोनमा टोलीको मनोबल उच्च बनाएको छ। प्रतियोगिताको सेमिफाइनल (Semi Final) यात्रा सुरक्षित गर्नका लागि सोनमा गाउँपालिकालाई आजको खेल जित्नै पर्ने दबाब र अवसर दुवै रहेको छ।

 

सोनमाको रणनीति र खेलाडीको मनोबलमुख्य प्रशिक्षक तथा वडा अध्यक्ष अशोक कुमार यादव र टिम म्यानेजर घर्मेन्द्र कुमार यादवको नेतृत्वमा टोलीले मनरा शिसवा विरुद्ध आक्रामक र सन्तुलित रणनीति तयार पारेको छ। सुपर ओभरमा टोलीलाई जिताएका बलर र ब्याट्सम्यानहरू आज पनि मुख्य आकर्षणको केन्द्र बन्नेछन्।

गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले सम्पूर्ण खेलाडीहरूलाई खेल मैदानमा उच्च अनुशासन र उत्कृष्ट कौशल प्रदर्शन गर्दै जित हासिल गर्न शुभकामना दिनुभएको छ। सोनमा गाउँपालिकाका खेलप्रेमीहरू आफ्नो टोलीलाई सेमिफाइनलमा पुगेको हेर्न निकै उत्सुकताका साथ खेल मैदानमा उपस्थित भइरहेका छन्।