लुसेलस्थित रोजउड होटलमा अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा (कतार) — Rosewood Doha मा शुक्रबार, १ मे २०२६ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विशेष तथा भव्य कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा International Labour Organization (ILO) तथा Workers’ Support and Insurance Fund को उल्लेखनीय सहभागिता रहेको थियो।

IMG_1076.JPG

कार्यक्रममा श्रमिकहरूको हक–अधिकार, सुरक्षित रोजगारी, सामाजिक सुरक्षा तथा श्रम सुधारका विषयमा गहन छलफल गरिएको थियो। वक्ताहरूले कतारमा पछिल्लो समय श्रमिक हितमा भएका सुधारहरू, न्यूनतम तलब व्यवस्था, श्रम कानुनको प्रभावकारी कार्यान्वयन तथा कामदारहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासबारे विस्तृत रूपमा प्रकाश पारे।

IMG_1055.JPG

ILO का प्रतिनिधिहरूले विश्वव्यापी रूपमा श्रमिक अधिकार संरक्षणका लागि गरिएका पहलहरू प्रस्तुत गर्दै कतारमा भइरहेको प्रगतिलाई सकारात्मक रूपमा मूल्यांकन गरेका थिए। त्यस्तै Workers’ Support and Insurance Fund का अधिकारीहरूले श्रमिकलाई उपलब्ध गराइँदै आएको आर्थिक सुरक्षा, क्षतिपूर्ति तथा सहयोगसम्बन्धी कार्यक्रमहरूबारे जानकारी दिएका थिए।

IMG_1052.JPG

कार्यक्रममा विभिन्न देशका श्रमिक तथा कलाकारहरूले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिँदै विविधतामा एकताको सन्देश दिएका थिए। नेपाली समुदायको तर्फबाट पनि उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा Embassy of Nepal, Doha का कार्यवाहक राजदूत कुमार राई, Non-Resident Nepali Association National Coordination Council Qatar का द्वितीय उपाध्यक्ष तथा श्रमिक संयोजक सन्तोष पौडेल तथा तृतीय उपाध्यक्ष जहांगिर आलमको उपस्थिति रहेको थियो।

IMG_1047.JPG

यस अवसरमा Ms. Kholoud Al-Kubaisi (Executive Director, Workers’ Support and Insurance Fund), Mr. Francesco D’Ovidio (Director, ILO Country Office for the State of Qatar) तथा Ms. Rola Alfuqha (International Organization for Migration – Qatar) को सहकार्यमा विशेष सम्मान प्रदान गरिएको थियो। उक्त सम्मान श्रमिक क्षेत्रमा गरिएको योगदानको कदर स्वरूप प्रदान गरिएको जनाइएको छ।

IMG_1032.JPG

कार्यक्रमको अन्त्यमा सहभागी सबै श्रमिक, कलाकार तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। उक्त सम्मानले श्रमिकहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुका साथै उनीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरिएको थियो।

IMG_1041.JPGIMG_1049.JPG

विभिन्न देशका श्रमिक प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्वलाई अझ सशक्त रूपमा उजागर गरेको छ। प्रत्येक वर्ष मे १ मा मनाइने यो दिवस श्रमिकहरूको अधिकार, सम्मान र योगदानलाई सम्झने महत्वपूर्ण अवसरका रूपमा विश्वभर मनाइन्छ।

IMG-20260501-WA0071.jpg