नेकपाले महोत्तरी–४ बाट प्रचण्ड र भरत प्रसाद साहलाई उम्मेदवार सिफारिस गर्‍यो

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क,महोतरी- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहलाई प्रत्यक्ष तर्फ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ।

IMG_20251222_115416.jpg

साथै, समानुपातिक तर्फ नागिना यादव, मो. महफुज (कारी), अरविन्द कुमार दास र सीता देवी साहको नाम पनि सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।

यो निर्णय हिजो आइतबार महोत्तरी जिल्लाको रामगोपालपुरमा सम्पन्न पार्टी बैठकले गरेको हो। बैठकमा नेपाल कम्युनिष्ट पार्टी का युवा नेता राजेश यादवले उम्मेदवार चयनको निर्णय पार्टीभित्रको सहमति र वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै गरिएको जानकारी दिए। उनका अनुसार महोत्तरी–४ मा पार्टीको संगठन सुदृढ बनाउने र जनताको अपेक्षा पूरा गर्न सक्ने उम्मेदवारको रूपमा प्रचण्ड र भरत प्रसाद साहलाई अघि सारिएको हो।

FB_IMG_1766393556843.jpg

बैठक अरविन्द दासको अध्यक्षतामा सम्पन्न भएको थियो। यसमा पुर्व मन्त्री भरत प्रसाद साह, माननिय मो. रजी हैदर, संविधान सभा सदस्य लालेंद्र मण्डल, युवा नेता विजय यादव, सम्सी गाउँपालिका वडा नं ६ का अध्यक्ष शेख उमैद र अन्य वरिष्ठ नेताहरू उपस्थित थिए। बैठकले प्रतिनिधि सभा निर्वाचनको तयारी, क्षेत्रीय संगठन सुदृढीकरण, तथा आगामी चुनावी रणनीतिका विषयमा पनि छलफल गरेको थियो।

FB_IMG_1766393550600.jpg

पार्टीको केन्द्रीय कमिटीले अब यस सिफारिसलाई अन्तिम अनुमोदन गर्नेछ। पार्टी स्रोतका अनुसार, यो निर्णय क्षेत्रीय स्थायित्व, संगठन सुदृढीकरण र आगामी निर्वाचनमा पार्टीको रणनीतिक अग्रस्थान सुनिश्चित गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।