मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले राष्ट्रपति समक्ष लिए पद तथा गोपनीयताको शपथ

महोत्तरी टुडे     

काठमाडौं — मधेश प्रदेशका नवनियुक्त प्रमुख सुरेन्द्र लाभ कर्णले अहिले भर्खरै राजधानी काठमाडौंस्थित राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण समारोहमा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थिति रहेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले कर्णलाई मधेश प्रदेशको प्रमुख नियुक्त गरेपछि उनलाई आजै शपथ दिलाइएको हो।

कार्यक्रममा सरकारका उच्च पदाधिकारी, राजनीतिक दलका नेता तथा सुरक्षा निकायका प्रमुखहरू पनि उपस्थित थिए।

शपथपछि प्रदेश प्रमुख कर्णले मधेश प्रदेशको विकास, सुशासन र सहकार्यपूर्ण राजनीतिक वातावरण निर्माणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए।