शन्तोष पौडेलद्वारा कतारमा कामदारहरूलाई कानूनी नियम र परिवारसँग सम्पर्कमा ध्यान दिन आग्रह
दोहा, कतार – कतारमा कार्यरत नेपाली कामदारहरूले आफ्नो कानूनी दायित्व, कम्पनी नियम, र परिवारसँग नियमित सम्पर्क कायम राख्न विशेष ध्यान दिनुपर्ने आवश्यकता भएको छ।
शन्तोष पौडेलले सबै कामदारलाई अनुरोध गर्दै भनेका छन् कि कतारमा काम गर्ने हरेक नेपालीले आफ्नो कतारी आईडी वैध राख्न, नेपालबाट श्रम स्वीकृति लिनु, सामाजिक सुरक्षा कोषमा सहभागी हुनु, र नेपाल सरकारले तोकेको नियमहरूको पूर्ण पालना गर्नु अनिवार्य छ।
साथै, उनले कामदारहरूलाई आफ्ना परिवारसँग आवश्यक विवरण साझा गर्न र आकस्मिक अवस्थामा सजिलै सम्पर्क गर्न सकिने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्। कतार सरकारको मापदण्ड अनुसार हरेक कम्पनीले दुई वर्षमा एकपटक नेपाल जाने-आउने हवाई टिकट र बिदा सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।
शन्तोष पौडेलले जीवन र परिवार नै सबैभन्दा ठूलो सम्पत्ति भएको स्मरण गराउँदै, कामदारहरूलाई आफ्नो कानूनी जिम्मेवारी, कम्पनी नियम, र पारिवारिक सम्बन्धप्रति सचेत रहन आग्रह गरेका छन्।
दोहा, कतारमा सक्रिय विभिन्न जिल्ला, जातीय, वैचारिक र प्रादेशिक संस्था, नेपाली समाज, श्रमिक संघ, महिला समूह, युवा संघ र पेशागत संस्थाहरूबाट पनि आवश्यक परे जानकारी र सहयोग लिन सकिने बताए।
