सप्तरी सेवा समाज कतारको मासिक बैठक, प्रमाणपत्र वितरण तथा कार्यवाहक अध्यक्ष मो० नौशाद राइनको जिम्मेवारी ग्रहण
आशिक हुसैन शेख दोहा, कतार । सप्तरी सेवा समाज कतारको मासिक बैठक तथा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष मो० अनवारुल हकको अध्यक्षता तथा महासचिव मो० मिस्टरको सञ्चालनमा सम्पन्न भएको थियो। बैठकमा अध्यक्ष मो० अनवारुल हक नेपाल प्रस्थान गर्न लाग्नुभएकाले संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारी मो० नौशाद राहीले ग्रहण गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ।

बैठकका कार्यसूची अनुसार आर्थिक सम्बन्धी प्रतिवेदन, विभाग विस्तार, सल्लाहकार मनोनयन तथा प्रमाणपत्र वितरण, कार्यसमिति मनोनयन, कार्यवाहक तथा बिदाइ सम्बन्धी विषय, निर्वाचित प्रमाणपत्र हस्ताक्षर र विविध विषयमा विस्तृत छलफल गरी निर्णयहरू पारित गरिएको थियो।

कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूमा —
मो० अनवारुल हक, मो० मिस्टर, मो० शमसुल हक, मो० नौशाद राइन, मो० नोमान, मो० सुलेमान, मो० मंजुल, मो० रजाबुल हुसैन, मो० शोभित मियाँ, मो० अब्दुल हुसैन, मो० दिल मुल्लाह, आशिक हुसैन शेख, घनश्याम चौधरी, निजामुल, मो० खुद्दुश, मो० आदिश र अब्दुल्लाह लगायतको उपस्थिति रहेको थियो।

बैठकको अन्त्यमा संस्थाका पदाधिकारीहरूले एकता, सामाजिक सेवा र आपसी सहयोगको भावना सुदृढ गर्दै समाजको गतिविधि अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको समापन संस्थाका अध्यक्ष मो० अनवारुल हकले गर्नुभएको थियो।
