खरनाको दिन सोनमा गाउँपालिकामा स्थानीय विदा घोषणा

महोत्तरी टुडे     

धर्मेन्द्र कुमार यादव-सोनमा, महोत्तरी ।
आसन्न महान हिन्दु चाड छठ पर्वको अवसरमा सोनमा गाउँपालिकाले एक दिने स्थानीय विदा घोषणा गरेको छ। गाउँपालिकाले २०८२ साल कार्तिक ९ गते (आइतबार) खरनाका दिन स्थानीय बिदा दिने निर्णय गरेको जानकारी पत्रमार्फत दिएको हो।

गा.पा. अध्यक्ष विशेश्वर प्रसाद यादव द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,
 “छठ पर्वको एक दिन अघिल्लो दिन अर्थात् २०८२/०७/०९ गते आइतबार स्थानीय विदा रहनेछ। सो दिन गाउँपालिकाको कार्यलय तथा अन्तर्गतका सबै आवश्यक काम बाहेकका कार्यहरू बन्द रहनेछन्।”
साथै गाउँपालिकाले वडा दशैं, दीपावली, छठ तथा समाचकेवा पर्वका अवसरमा सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गरेको छ।
सोनमा गाउँपालिकाले हरेक वर्ष महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वहरूमा स्थानीय बिदा दिँदै आएको छ। यस वर्ष पनि छठ पर्वको तयारीसँगै स्थानीय स्तरमा धार्मिक उत्साह र एकताको वातावरण देखिएको छ। 

d57b2ec2-8793-4bff-ac38-cbbd9002be5d.jpg