काठमाडौं महानगरपालिकाद्वारा, सुनसरी भोक्राहा नरसिंह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
इनरुवा (सुनसरी) – काठमाडौं महानगरपालिकाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त एम्बुलेन्स ग्रहण गरेका हुन्।

काठमाडौं महानगरपालिकाले देशभरका ३५ स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराउने कार्यक्रम अघि बढाएको छ। सोही क्रममा भोक्राहा नरसिंह गाउँपालिकालाई समेत एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
एम्बुलेन्स प्राप्त भएपछि अध्यक्ष आजादले सम्पूर्ण पालिकावासी र आफ्नो व्यक्तिगत तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले भने, “यो एम्बुलेन्सले गाउँपालिकाका बासिन्दालाई आकस्मिक स्वास्थ्य सेवामा ठूलो सहजता पुर्याउनेछ। यस्तो सहयोगले स्वास्थ्य पूर्वाधार सुधारमा टेवा पुग्ने विश्वास लिएको छु।”
स्थानीयवासीले पनि यसलाई गाउँपालिकाका लागि ठूलो सहयोग भएको बताउँदै मेयर बालेन शाह र काठमाडौं महानगरलाई धन्यवाद व्यक्त गरेका छन्।
