सर्लाही प्रवासी सेवा समाज कतारको १७औं स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

महोत्तरी टुडे     

आशिक शेख दोहा, २० सेप्टेम्बर २०२५।

सर्लाही प्रवासी सेवा समाज कतारले आयोजना गरेको १७औं स्थापना दिवस तथा विभिन्न चाड–पर्वहरूको शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ राजधानी दोहा मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा ऐतिहासिक, सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापति समाजका अध्यक्ष श्री प्रकाश आले मगर रहनु भएको थियो। सुरुवातमा जेन–जी आन्दोलनमा बलिदानी दिएका वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण र राष्ट्रगान गरिएको थियो।

FB_IMG_1758353856665.jpg

कार्यक्रममा प्रमुख अतिथि एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थी हुनुहुन्थ्यो भने, विशिष्ट अतिथि डा. नमराज लम्साल (मदन भण्डारी पुरस्कार प्राप्त, वरिष्ठ सञ्चारकर्मी) हुनुहुन्थ्यो।

1758321316492.jpg

उपस्थित अन्य विशिष्ट अतिथि तथा संस्थागत प्रतिनिधिहरूमा:

FB_IMG_1758350939366.jpg

श्री रमेश भट्ट (पूर्वअध्यक्ष एनआरएनए कतार, समाजसेवी तथा व्यवसायिक व्यक्तित्व, प्रमुख सल्लाहकार एनआरएन कतार)

FB_IMG_1758353880427.jpg

श्री मोहम्मद कलाम हुसैन खान (समाजका प्रमुख सल्लाहकार)

श्री सुजन बराल (सल्लाहकार सदस्य)

श्री श्यामलाल चौधरी (सल्लाहकार सदस्य)

श्रीमती मेनुका खतिवडा भण्डारी (महासचिव, नेपाली महिला समाज कतार)

श्री नियाज शेख (अध्यक्ष, मधेश प्रदेश समन्वय परिषद कतार)

श्री नन्दबहादुर बी.के. अजय (अध्यक्ष, गण्डकी प्रदेश समन्वय परिषद कतार)

श्री मोतीलाल बुढा मगर (अध्यक्ष, कर्णाली प्रदेश समन्वय परिषद कतार)

श्री अजमत अली (अध्यक्ष, अन्तर्राष्ट्रिय मुस्लिम समाज कतार)

श्री प्रकाश बी.के. (अध्यक्ष, दलित संजाल कतार)

श्री राम हृदय साह (अध्यक्ष, महोत्तरी समाज सेवा कतार)

श्री जयप्रकाश यादव (अध्यक्ष, सिरहा सेवा समाज कतार)

FB_IMG_1758353871798.jpg

त्यसैगरी कतारस्थित विभिन्न सामाजिक संघ–संस्थाका अध्यक्ष, पदाधिकारी, प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, मिडियाकर्मी, कलाकार, खेलाडी तथा स्वयंसेवकहरूको बृहत् उपस्थिति रहेको थियो।

FB_IMG_1758353890171.jpg

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। कलाकार बिष्णु भुजेलले आकर्षक स्वागत नृत्य प्रस्तुत गरे।

कलाकार समिक्षा मगर र जिदान आले मगरले आ–आफ्नो प्रस्तुति दिई दर्शकलाई मनोरञ्जन प्रदान गरे।

FB_IMG_1758353867484.jpg

डा. नमराज लम्सालले मधेश–मिथिला सम्बन्धी कथा तथा गीत प्रस्तुत गर्दै उपस्थित सबैलाई मन्त्रमुग्ध बनाए।

यी सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रममा नयाँ रौनक थपेका थिए।

FB_IMG_1758353958425.jpg

कार्यक्रममा उपस्थित प्रमुख र विशिष्ट अतिथिहरूले सर्लाही प्रवासी सेवा समाज कतारले विगतदेखि गर्दै आएको सामाजिक योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।

FB_IMG_1758353918414.jpg

त्यस अवसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सम्पूर्ण पदाधिकारीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

IMG_20250919_19274803.jpeg

कार्यक्रमको स्वागत मन्तव्य समाजका प्रथम उपाध्यक्ष श्री बाबूलाल महतोले गर्नुभएको थियो भने, संचालन महासचिव श्री नैन भुजेलले गर्नुभएको थियो।

 

कार्यक्रमको समापनमा समाजका अध्यक्ष श्री प्रकाश आले मगरले कार्यक्रममा सहभागी भई आफ्नो व्यस्ततालाई समय निकालेर उपस्थित हुने सम्पूर्ण अतिथि, दाजुभाइ–दिदीबहिनी, कलाकार, स्वयंसेवक,पत्रकार तथा संघ–संस्थाका प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।