सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ घाइते
महोत्तरी टुडे
श्रावण २७ २०८२
सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलमा आज बिहान बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ७ः१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी २ पुरुष र १ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत भने हुन बाँकी छ। घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर, १२ जनाको अवस्था मध्यम र १ जनाको अवस्था सामान्य रहेको छ।
घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
