कतारमा ‘रमाइलो तीज’ कार्यक्रम हुँदै, दोहोरी गायिका टिका पुन र रेजिना परियारको प्रस्तुति

महोत्तरी टुडे     

दोहा (कतार) – नेपाली महिला समाज, कतारले नेपाली नारीहरूको महान पर्व तीजको अवसरमा ‘रमाइलो तीज – सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम २०८५’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी शुक्रबार (अगस्ट २२, २०२५) का दिन हुने छ।

कार्यक्रम संयोजक सन्ध्या आर्यालले जानकारी दिनुभएको छ।

 

कार्यक्रममा विशेष आकर्षणका रूपमा चर्चित लोक तथा दोहोरी गायिका टिका पुन र रेजिना परियारको प्रस्तुति रहनेछ। यसबाहेक, विभिन्न स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, नृत्य र तीज विशेष गीत–संगीतले पनि कार्यक्रमलाई रंगीन बनाउने आयोजकले जनाएको छ।

 

नेपाली महिला समाजका अनुसार, यो कार्यक्रमले सांस्कृतिक मनोरञ्जनसँगै महिला सशक्तिकरण, एकता र सचेतना फैलाउने उद्देश्य राखेको छ। कार्यक्रममा सहभागी भई आफ्नो संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान गर्न कतारस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गरिएको छ।

 

कार्यक्रम विवरण:

मिति: २०२५/ २२ अगस्ट शुक्रबारका दिन 

समय: दिउँसो ११:४५ बजे देखि

स्थान: ट्युनिसियन स्कूल, अल लक्ता कतार

FB_IMG_1754859883040.jpg