इरानले सोमबार राति कतारमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ ।

महोत्तरी टुडे     

दोहा: कतारको रक्षा मन्त्रालयले अल उदेइद हवाई अखडालाई लक्षित गर्दै इरानले प्रहार गरेको क्षेप्यास्त्र सफलतापूर्वक रोकेको बताएको छ।

 

सो आक्रमणमा कसैको मृत्यु नभएको र कोही पनि घाइते नभएको सो मन्त्रालयले जनाएको छ।

दोहाका स्थानीयले भने भयानक विस्फोट आवाज सुनेको बताएका छन्। 

कतारी रक्षा मन्त्रालयले आक्रमणको भर्त्सना गर्दै बदलाको अधिकार सुरक्षित रहेको बताएको छ। 

FB_IMG_1750701496217.jpg

इरानको सुरक्षा परिषद्‍ले सो आक्रमण भ्रातृत्वपूर्ण सम्बन्ध भएको कतारप्रति लक्षित नरहेको स्पष्ट पारेको छ।