अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका बताएका छन् ।

महोत्तरी टुडे     

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका बताएका छन् । अमेरिकाको मध्यस्थतामा रातभरको वार्तापछि भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’ गर्न सहमत भएका ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथमा उल्लेख गरेका छन् ।

FB_IMG_1746880509298.jpg

“संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभर चलेको लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्,” उनले लेखेका छन् ।

 

उनले अगाडि लेखेका छन्, “सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकामा दुवै देशलाई बधाई छ ।” सीएनएनबाट ।