भारतको अमृतसर र फिरोजपुरमा ठूलो विस्फोट : जम्मू, साम्बा र पठानकोटमा ड्रोन देखिए

महोत्तरी टुडे      

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका बीच जम्मू कश्मीरबाट फेरि गोलाबारी भएको छ । समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मू, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ ।

 

बीबीसीका सहयोगी पत्रकार रवीन्द्र सिंह रोबिनले अमृतसरमा पनि ठूलो विस्फोटको आवाज सुनिएको जानकारी दिए ।

 

पञ्जाबका बीबीसीका स्थानीय पत्रकारहरूले फिरोजपुरका स्थानीयहरूले कम्तीमा तीनवटा विस्फोटको आवाज सुनेको रिपोर्ट गरेको बताए ।

 

फिरोजपुर प्रशासनका एक वरिष्ठ अधिकारीले पनि आफूले तीनवटा विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।रासस