भौतिक पूर्वाधार कार्यालय मलंगवालाइ मुसैली पोखरीको ‘कुम्ही’ उपहार

महोत्तरी टुडे     

DK यादव-महोत्तरी, 
छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले मुसैली पोखरी सफाइ गर्न युवाहरूले माग गरे पनि सरसफाइ नभएको भन्दै सर्लाही क्याम्पस मलंगवाका सभापती सुजित कुमार यादव र स्थानीय युवाहरूले आफैँ पोखरी सफाइ अभियान सञ्चालन गरेका छन्।

सरसफाइका क्रममा पोखरीबाट निकालिएको कुम्ही (जलवनस्पति) युवाहरूले भौतिक पूर्वाधार कार्यालय, मलंगवामा लगेर उपहारस्वरूप दिएका छन्।

WhatsApp Image 2026-10-24 at 11.39.32 AM (1).jpeg

छठ पर्वमा पोखरी तथा जलाशयको विशेष महत्त्व रहने भए पनि मुसैली पोखरीको सरसफाइमा सम्बन्धित निकायले चासो नदेखाएको युवाहरूको गुनासो छ। आफूहरूले पोखरी सफाइको माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आफैँ सरसफाइमा जुट्नुपरेको सर्लाही क्याम्पस मलंगवाका सभापती सुजित कुमार यादवको भनाइ छ।

पोखरी सफाइका क्रममा निकालिएको कुम्ही भौतिक पूर्वाधार कार्यालय, मलंगवामा पुर्‍याएर विरोध स्वरूप उपहार दिइएको हो। सो क्रममा युवाहरूले ‘भौतिक पूर्वाधार मुर्दावाद’ र ‘जनप्रतिनिधि मुर्दावाद’ लगायतका नारा लगाउँदै विरोध जनाएका थिए।

WhatsApp Image 2026-10-24 at 11.39.33 AM.jpeg
छठ पर्व नजिकिँदै गर्दा पनि पोखरी सफाइ नहुँदा स्थानीयवासीमा असन्तुष्टि बढेको छ। धार्मिक तथा सांस्कृतिक पर्वका बेला पोखरी सफा राख्नु आवश्यक भए पनि समयमै सरसफाइ नगरिएको भन्दै स्थानीय युवाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उक्त सरसफाइ तथा विरोध कार्यक्रममा सर्लाही क्याम्पस मलंगवाका सभापती सुजित कुमार यादव, यूवा नेता वीरेन्द्र अधिकारी लगायत दर्जनौँ युवाहरूको सहभागिता रहेको थियो।

WhatsApp Image 2026-10-24 at 11.39.32 AM.jpeg

स्थानीय युवाहरूको यस अभियानले छठ पर्वअघि सार्वजनिक पोखरी तथा जलाशयको सरसफाइ र व्यवस्थापनमा सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।

WhatsApp Image 2026-10-24 at 11.39.32 AM (2).jpeg
महोत्तरी टुडे समाचार