नेपालीहरूको राष्ट्रिय पर्व तथा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २०२६ कार्यक्रम सुरु

महोत्तरी टुडे     

आशिक हुसैन शेख कतार, मन्सुरा — नेपालीहरूको राष्ट्रिय पर्व तथा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २०२६ को अवसरमा आयोजना गरिएको बृहत् सांस्कृतिक कार्यक्रम कतारको मन्सुरा क्षेत्रमा आधिकारिक रूपमा सुरु भएको छ।

नेपाल तामाङ धेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा सम्पन्न भइरहेको कार्यक्रममा तामाङ समुदायसहित विभिन्न जातजातिका नेपालीहरूले उल्लेखनीय सहभागिता जनाएका छन्। कार्यक्रम स्थलमा नेपाली कला, संस्कृति र मौलिक पहिचान झल्किने उत्साहपूर्ण माहोल देखिएको छ।

कार्यक्रममा नेपाल तथा प्रवासमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, मौलिक तामाङ नृत्य, गीत–संगीत तथा सांस्कृतिक झाँकी प्रस्तुत भइरहेका छन्। आयोजकका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै भाषा, संस्कृति र परम्पराको संरक्षण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, समुदायका अगुवा तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको छ। आयोजक पक्षले कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ।