मधेश प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा कलाम हुसैन खान निर्वाचित
आशिक हुसैन शेख दोहा । कतारमा क्रियाशील मधेश प्रदेश समन्वय समितिको अध्यक्षमा कलाम खान निर्वाचित भएका छन्।
दोहामा सम्पन्न समितिको दोस्रो अधिवेशनले खानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिले कतारमा स्थापना भएका मधेश प्रदेशका जिल्लागत संघ–संस्थाबीच समन्वय गर्दै आएको छ। कतारमा रहेका नेपालीहरूमध्ये ठूलो संख्या मधेश प्रदेशबाट आएको जनसंख्या रहेको बताइन्छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा दुर्गानन्द पासवान, मोहम्मद आजाद मन्सुरी, रमेश साह र दीपेन्द्रकुमार महरा चयन भएका छन्।
महासचिवमा इसिलाल पण्डित तथा
सचिवहरूमा जीवन न्यौपाने, शम्भुप्रसाद यादव, प्रमोदकुमार राम, सुलेमान मियाँ र मोहम्मद इन्तिसार आलम रहेका छन्।

सह–कोषाध्यक्षमा रामजित कामत केवट चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा लक्ष्मण साह, विदुर बर्तौला, धर्मेन्द्र राउत कुर्मी, कमला परियार, अलि हैदर नदाफ, मोहम्मद रेजा कवारी, नाजिर नदाफ, रामनन्द राम, सोहेल खान, रमजान हुसैन, अमताज हुसैन, नैन भुजेल, मोहम्मद मजिद र मोहम्मद जाबिर सिद्धकी रहेका छन्।

मोहम्मद अमिरुल राइन सदस्य तथा युवा संयोजकका रूपमा चयन भएका छन्।
निर्वाचित कार्यसमितिलाई परिषद्का संरक्षक अध्यक्ष मोहम्मद शकिर अलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

अधिवेशनको उद्घाटन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीले कतारको कानुनले सामाजिक संस्थाभित्र राजनीतिक गतिविधिलाई नकारात्मक रूपमा बुझ्ने भएकाले राजनीति गर्न चाहनेले नेपालमै गएर गर्न उपयुक्त हुने सुझाव दिएका थिए।

अधिवेशन संस्थाका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्वमा सम्पन्न भएको थियो।
