दोहामा ‘नेपालीको माउन्टेन भाइरल शप एण्ड लक्ष्मी कलेक्सन’को भव्य उद्घाटन सम्पन्न
दोहा, कतार — कतारको राजधानी दोहास्थित प्लाजा मलमा नयाँ व्यापारिक प्रतिष्ठान ‘माउन्टेन भाइरल शप एण्ड लक्ष्मी कलेक्सन’ को भव्य उद्घाटन जनवरी १५, २०२६ बिहिबारका दिन साँझ ७ बजे सम्पन्न भएको छ। उद्घाटन समारोह कतारी अतिथिले फिता काटेर गराइएको थियो। त्यसपछि सञ्चालकद्वय मोजिबुल राइन र लक्ष्मी ले उपस्थित अतिथिहरूलाई खाँदा लगाएर सम्मान गरे र लड्डु वितरण गर्दै खुशी व्यक्त गरेका थिए।

उद्घाटन कार्यक्रममा दोहामा बसोबास गर्ने नेपाली समुदायका व्यवसायी, सामाजिक व्यक्तित्व, नेपाली समुदायका प्रतिनिधि, युवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। विशेषगरी कार्यक्रममा एनआरएन कतारका अध्यक्ष कृष्ण पन्थी, सामाजिक अभियन्ता सागर नेपाल, संतोष क्षेत्री, मनिष यादव, चानक पोखरेल,बिक्की बिकाश गैरे, अमन अन्सारी सामाजिक अभियन्ता अफसर अलि खान, बेबी, सनफोर्ड पसलका सञ्चालक शर्मा, र लोकप्रिय टोकटोलरहरू सजिबुल, डेनियल जहाँ, मुमताज राइन, प्रिन्स कोइराला, पसलका संचालक आफु पनि टिकटोकर लक्ष्मी र मोजिबुल राइन ले उपस्थित भएर समारोहको शोभा बढाएका थिए।
‘माउन्टेन भाइरल शप एण्ड लक्ष्मी कलेक्सन’ले फेसन सामग्री, कपडा, मोबाइल चार्जर, ब्याट्री, ट्याबलगायत दैनिक उपभोक्ता आवश्यकताका सामग्रीहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्य राखेको छ। सञ्चालकद्वयले गुणस्तरीय सेवा र सामान प्रदान गर्दै कतारमा रहेका नेपालीसहित विभिन्न समुदायका ग्राहकहरूलाई भरपर्दो सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उद्घाटन कार्यक्रम भव्य रहँदा उपस्थित अतिथिहरूले नयाँ व्यवसायको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। दुई जना नेपाली युवा व्यवसायीको लगानीमा सञ्चालनमा आएको यस पसलले आगामी दिनमा ग्राहकको विश्वास जित्दै सफल व्यवसायको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
