इन्डियन प्रिमियर लिग (IPL २०२५) मे १७ बाट पुनः सुरु हुने भएको छ।

महोत्तरी टुडे      

महोत्तरी टुडे डेस्क: भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ । विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार एक हप्ताको लागि रोकिएको थियो तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।