हेल्प मधेशी कतारको अध्यक्षमा सन्तोष साह सर्वसम्मत चयन।

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा, कतार । हेल्प मधेसी कतारको पाँचौँ महाधिवेशनबाट सन्तोष साह अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। शुक्रबार, १६ अक्टोबर २०२६ का दिन कतारको सनैया प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न महाधिवेशनले साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

FB_IMG_1792299241586.jpg

महाधिवेशनबाट प्रथम वरिष्ठ उपाध्यक्षमा बृज देव साह, द्वितीय वरिष्ठ उपाध्यक्षमा अरुण कुमार यादव, प्रथम उपाध्यक्षमा राजेश साह, द्वितीय उपाध्यक्षमा रामप्रसाद मण्डल, तृतीय उपाध्यक्षमा महेन्द्र पासवान, चौथो उपाध्यक्षमा नौजु रुद्रवार यादव, पाँचौँ उपाध्यक्षमा संजित साह सोनार र छैटौँ उपाध्यक्षमा बुद्धिराज यादव चयन भएका छन्।

 

त्यसैगरी, महासचिवमा ओम प्रकाश यादव, सचिवमा नागेश्वर महतो, सहसचिवमा बिरेन्द्र कुमार साह, कोषाध्यक्षमा बिरेन्द्र कुमार महतो, सहकोषाध्यक्षमा अभिराम मण्डल र प्रवक्तामा गुलामी कामति चयन भएका छन्।

FB_IMG_1792299274495.jpg

महाधिवेशनबाट कार्यसमिति सदस्यमा रासिन्द्र यादव, राम प्रकाश यादव, राम प्रसाद ठाकुर, राम किशोर यादव, राजलाल महतो, आनन्द कुमार पाल, बिरेन्द्र राय, गौरी शंकर यादव, विरेन्द्र कुमार पासवान, प्रदिप कुमार मंडल, राकेश कुमार यादव, अमृत कुमार यादव, राम ठाकुर, सहदेव साफी, राजबंशी मंडल, मनोज कामति, श्याम नारायण चौधरी, दिलिप कुमार महतो, रूपेश ठाकुर, धिरज सोनि र बिहारी साफी चयन भएका छन्।

 

संस्थाको सक्रिय सल्लाहकारमा राम कल्याण महतो र रमेश कुमार यादव चयन भएका छन् भने सल्लाहकारमा बिल्टु महतो, सुभाष साह, रामचन्द्र मंडल, कमलेश यादव, घुरन महतो र दिनेश साह रहेका छन्।

नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरूलाई संस्थाका पूर्वअध्यक्ष राम कल्याण महतोले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

FB_IMG_1792299261733.jpg

महाधिवेशनको अवसरमा नेपालीहरूको महान् पर्व बडादसैँ, दीपावली तथा छठ पर्व–२०८३ को शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा प्रवासमा नेपाली भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

हेल्प मधेसी कतारले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी सहयोग, सामाजिक सद्भाव र सामुदायिक सम्बन्ध विस्तारमा भूमिका निर्वाह गर्दै आएको छ। नयाँ नेतृत्व चयनसँगै संस्थाका सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा मधेसी समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै समग्र नेपाली समुदायको हितमा काम गर्ने अपेक्षा गरिएको छ।

FB_IMG_1792299285954.jpg

पाँचौँ महाधिवेशनबाट सन्तोष साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै संस्थाले आगामी कार्यकालका लागि नयाँ जिम्मेवारी प्राप्त गरेको छ। नवनिर्वाचित अध्यक्ष साहसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।