सोनमा गाउँपालिकामा ७ वटा भव्य प्रवेशद्वार निर्माणको सिलान्यास, निर्माण कार्य शुरु
D. K. यादव-सोनमा, — सोनमा गाउँपालिकाले पालिकाको पहिचान, गौरव र विकासलाई थप उजागर गर्ने उद्देश्यले विभिन्न स्थानमा भव्य प्रवेशद्वार तथा सीमा गेट निर्माणको योजना अघि बढाएको छ।

सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवको पहल तथा नेतृत्वमा गाउँपालिकाका विभिन्न स्थानमा गरी जम्मा ७ वटा प्रवेशद्वार/सीमा गेट निर्माण गर्ने योजना अघि बढाइएको हो। निर्माण हुने प्रवेशद्वारहरूले पालिकाको भौतिक संरचनासँगै स्थानीय पहिचान र सौन्दर्यमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अनुसार वडा नं. ७ को सुन्दरपुर, वडा नं. ६ को मगरथाना, वडा नं. ८ को शिवनगर, वडा नं. १ को सोनमा, वडा नं. ५ को खैरबनी, वडा नं. ३ को खखना तथा वडा नं. ६ को कटर्वा टोलमा प्रवेशद्वार तथा सीमा गेट निर्माण गरिनेछ।
पालिकाका विभिन्न प्रवेश तथा सीमावर्ती क्षेत्रमा निर्माण हुने यी संरचनाले सोनमा गाउँपालिकाको छुट्टै पहिचान स्थापित गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ। प्रवेशद्वारलाई आकर्षक तथा पालिकाको मौलिक पहिचान झल्किने गरी निर्माण गर्ने लक्ष्य राखिएको बताइएको छ।

अध्यक्ष यादवले गाउँपालिकाको विकासलाई पूर्वाधार निर्माणसँग जोड्दै जनताको आवश्यकता र स्थानीय क्षेत्रको पहिचानलाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरू अघि बढाइरहेको बताउँदै आएका छन्। प्रवेशद्वार निर्माणको योजनालाई पनि पालिकाको दीर्घकालीन विकास तथा सौन्दर्यीकरणको एउटा महत्वपूर्ण हिस्सा मानिएको छ।
सोनमा गाउँपालिकामा पछिल्लो समय सडक, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधारसँग सम्बन्धित विभिन्न योजनाहरू सञ्चालन भइरहेका छन्। नयाँ प्रवेशद्वार निर्माण भएपछि गाउँपालिकामा प्रवेश गर्ने आगन्तुक तथा स्थानीय बासिन्दाका लागि समेत यसले आकर्षण थप्ने अपेक्षा गरिएको छ।

पालिकाका सात स्थानमा निर्माण हुने प्रवेशद्वारले **“सोनमा गाउँपालिकाको पहिचान, विकास र गौरव”**लाई प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।
