दोहामा “Fresh Mutton Shop” सञ्चालनमा आउने, ९ मेईमा भव्य उद्घाटन हुँदै
आशिक हुसैन शेख | दोहा, कतार- कतारको राजधानी Doha स्थित ओल्ड अल गनिम क्षेत्रमा नयाँ “Fresh Mutton Shop” सञ्चालनमा आउने भएको छ। Kathmandu Trading & Contracting W.L.L अन्तर्गत सञ्चालन हुन लागेको उक्त पसलको शुभ उद्घाटन कार्यक्रम ९ मेई २०२६ शनिबार साँझ ५ बजे आयोजना गरिने जानकारी दिइएको छ।
कम्पनीले जारी गरेको निमन्त्रणामा नेपाली समुदायसहित सम्पूर्ण ग्राहकवर्गलाई उद्घाटन कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरिएको छ। “तपाईंको सम्मानित उपस्थितिले हाम्रो शुभारम्भ कार्यक्रमलाई अझ विशेष र भव्य बनाउने विश्वास लिएका छौं,” निमन्त्रणामा उल्लेख गरिएको छ।
उद्घाटन कार्यक्रम Old Al Ghanim को Zone 16, Street 960, Building No. 20 मा सम्पन्न हुने जनाइएको छ। कम्पनीका अनुसार पसलमा १०० प्रतिशत ताजा मटन, सफा तथा स्वास्थ्यकर सेवा र उच्च गुणस्तरीय उत्पादन उपलब्ध गराइनेछ।
कतारमा नेपाली समुदायको बढ्दो उपस्थितिसँगै नेपाली व्यवसायीहरूले विभिन्न क्षेत्रमा आफ्नो सेवा विस्तार गरिरहेका छन्। विशेषगरी खाद्य तथा मासुजन्य सामग्रीमा गुणस्तरीय सेवा दिने व्यवसायप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ। यसैक्रममा “Fresh Mutton Shop” ले पनि ग्राहकको विश्वास जित्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रतिनिधिहरूका अनुसार पसलमा स्वच्छता, गुणस्तर र ग्राहक सन्तुष्टिलाई विशेष प्राथमिकता दिइनेछ। साथै दैनिक रूपमा ताजा मटन उपलब्ध गराइने भएकाले ग्राहकले विश्वसनीय र स्वास्थ्यकर सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।
उक्त उद्घाटन कार्यक्रममा नेपाली समुदायका समाजसेवी, व्यवसायी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ व्यवसायको सफलताको शुभकामना दिन आग्रह गरेका छन्।
थप जानकारीका लागि:
📞 Call / WhatsApp: 30412220
