गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा उच्च सतर्कता अपनाउन आह्वान
आशिक हुसैन शेख दोहा, कतार – कतारमा हाल देखिएको प्रतिकूल सुरक्षा अवस्था तथा परिस्थितिलाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी कतार) ले यहाँ बसोबास गर्दै आएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरेको छ।
परिषद्ले वर्तमान अवस्थालाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्दै सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा रहेको जनाएको छ। विशेषगरी कतार सरकारको गृह मन्त्रालयको जनसम्पर्क विभाग, नेपाली राजदूतावास दोहा तथा एनआरएनए आईसीसी सँग नजिकको सहकार्य कायम राखिएको परिषद्ले स्पष्ट पारेको छ। आकस्मिक अवस्था सिर्जना भएमा आवश्यक सहयोग, तथ्यपरक सूचना प्रवाह तथा प्रभावकारी समन्वय सुनिश्चित गर्न परिषद् सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ।
यस विषम परिस्थितिका कारण कसैलाई आवास, स्वास्थ्य, कानुनी, सुरक्षा वा अन्य कुनै प्रकारको समस्या तथा आपत्कालीन अवस्था उत्पन्न भएमा परिषद्को हेल्पलाइन वा सम्बन्धित पदाधिकारीहरूसँग तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ। परिषद्ले कतारस्थित सम्पूर्ण नेपाली समुदायको सुरक्षा, संरक्षण र हितका लागि आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।
एनआरएनए एनसीसी कतारले सम्पूर्ण नेपाली समुदायलाई शान्त, संयमित र जिम्मेवार रहन, अनावश्यक रूपमा बाहिर ननिस्कन, आधिकारिक निकायबाट जारी सूचनालाई मात्र अनुसरण गर्न तथा अपुष्ट वा भ्रामक सूचना सामाजिक सञ्जालमार्फत प्रसारण नगर्न विशेष आग्रह गरेको छ।
“संकटको घडीमा एकता, संयमता र सहकार्य नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” परिषद्ले उल्लेख गर्दै सबैलाई परस्पर सहयोग, सतर्कता र सकारात्मक सोचका साथ अघि बढ्न आह्वान गरेको छ।
सम्पर्क विवरण:
📞 हेल्पलाइन: +974-70001353
📧 Email: [email protected]
📞 अध्यक्ष कृष्ण पन्थी: 30181777
📞 महासचिव: +974-70540932
📞 प्रथम उपाध्यक्ष: 55684089
📞 द्वितीय उपाध्यक्ष: 66496402
📞 तृतीय उपाध्यक्ष: 74476400
📞 महिला उपाध्यक्ष: 66040982
📞 कानुनी सल्लाहकार मोहम्मद रमजान अली मियाँ: 77305657
📞 सल्लाहकार नियाज शेख: 55629032
📞 सचिवहरू: 70618009, 74749676, 50346278
📞 युवा संयोजक: 74436616
📞 सह-कोषाध्यक्ष: 55483762
📞 सचिवालय सदस्य: 30757455
📞 सदस्यहरू: 59966643, 77646548

