नेपाली राजदूतावास साउदी अरब (रियाद) द्वारा आपतकालीन उद्धारका लागि अनलाइन पोर्टल सञ्चालनमा

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क- रियादस्थित नेपाली राजदूतावासले साउदी अरेबिया तथा यमनमा रहनुभएका नेपाली नागरिकहरूको सुरक्षा र आवश्यक समन्वयलाई मध्यनजर गर्दै आपतकालीन उद्धारसम्बन्धी विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

विश्वव्यापी बदलिँदो परिस्थितिका कारण विभिन्न समस्या वा जोखिममा पर्न सक्ने नेपालीहरूको अवस्था बुझ्न तथा आवश्यक परेमा उद्धार, समन्वय र सहजीकरण प्रक्रिया प्रभावकारी बनाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयको पहलमा उक्त पोर्टल निर्माण गरिएको दूतावासले जनाएको छ।

दूतावासले साउदी अरेबिया र यमनमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफू सम्बन्धी आवश्यक विवरण यथाशीघ्र अनलाइनमार्फत दर्ता गर्न अनुरोध गरेको छ। यसले आपतकालीन अवस्थामा छिटो सम्पर्क, तथ्यांक संकलन तथा उद्धार कार्यलाई सहज बनाउने विश्वास लिइएको छ।

दर्ताका लागि लिंक:

https://legal.nepalconsular.gov.np/urgent-rescue⁠�

FB_IMG_1772544576961.jpg

नेपाली राजदूतावास, रियाद

मिति: ०३ मार्च २०२६