नेपाली धनुक सेवा समाज कतारद्वारा पिकनिक तथा बनभोज कार्यक्रम सम्पन्न
आशिक हुसैन शेख, दोहा–कतार – दोहा, कतारमा क्रियाशील सामाजिक संस्था नेपाली धनुक सेवा समाज, दोहा कतार ले प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ पिकनिक तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम १३ फेब्रुअरी २०२६, शुक्रबार समाल मजरा क्षेत्रमा आयोजना गरिएको थियो। कार्यक्रममा कतारमा रहेका धानुक समुदायका सदस्यहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पिकनिक तथा बनभोजसँगै आपसी भेटघाट, मनोरञ्जनात्मक गतिविधि तथा सामाजिक अन्तरक्रियाले कार्यक्रमलाई सफल बनाएको आयोजकहरूले बताएका छन्। यसले प्रवासमा रहेर पनि समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको क्रममा संस्था र कार्यक्रमलाई सहयोग गर्ने सहयोगीहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै कार्यसमितिका सदस्यहरूलाई पनि सम्मान पत्र प्रदान गरियो, जसले समुदायमा सेवा र योगदानको मूल्याङ्कन गरेको अनुभव प्रदान गर्यो।

संस्थाका अध्यक्ष अवधेश मण्डल ले कार्यक्रममा जानकारी दिँदै, कार्यक्रमले समुदायबीच आपसी समझदारी र सहयोगको भावना विकास गर्न सहयोग पुग्ने बताए। अध्यक्ष मण्डलले उक्त जानकारी महोत्तरी टुडे का पत्रकार आशिक हुसैन शेख लाई दिएका हुन्।

नेपाली धनुक सेवा समाज, दोहा कतार सन् २०१६ (स्थापना: २०७३) मा स्थापित सामाजिक संस्था हो। समाजले स्थापना कालदेखि नै सामाजिक सेवा, आपत–विपत् सहयोग, सांस्कृतिक संरक्षण तथा समुदायहितका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

कार्यक्रममा सभापतित्व अवधेश मण्डल, प्रमुख अतिथि सुरेश मण्डल, विशिष्ट अतिथि जगत मण्डल, नेपाली समाज कतारका अध्यक्ष मनिष यादव, मधेश प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष दुर्गा नन्द पासवान, उपाध्यक्ष अजाद मन्सुर, मधेशी एकता समाज कतारका अध्यक्ष मोहम्मद अली हुसैन राइनो, समाजसेवी रामबाबु यादव, सिरहा सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादव लगायतको उपस्थित रहेको थियो।

कार्यक्रमले समुदायबीचको आपसी मेलमिलाप, समझदारी र भाईचारालाई प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको विश्वास छ।
कार्यसमिति हरु को नाम,
अवधेश कुमार मण्डल – अध्यक्ष
उदय कुमार मण्डल – प्रथम–उपाध्यक्ष
बृजमोहन मण्डल – द्वितीय–उपाध्यक्ष
सूर्य नारायण मण्डल – महासचिव
सुनील कुमार मण्डल – सचिव
अमिरि मण्डल – कोषाध्यक्ष
बद्री मण्डल – सह–कोषाध्यक्ष
ज्ञानेन्द्र मंडल – कार्यसमिति सदस्य
जय प्रकाश मण्डल – कार्यसमिति सदस्य
विश्वनाथ मण्डल – कार्यसमिति सदस्य
हरी नारायण मण्डल – कार्यसमिति सदस्य
सुशील कुमार मण्डल – कार्यसमिति सदस्य
राजकुमार मण्डल – कार्यसमिति सदस्य
अरुण मण्डल – कार्यसमिति सदस्य
सल्लाहकार
सुरेश कुमार मण्डल – संस्थापक संरक्षक
जय राम मण्डल – सल्लाहकार संयोजक
जगतलाल मण्डल – वरिष्ठ सल्लाहकार
सन्दिप कुमार मण्डल – सल्लाहकार
देव कुमार मण्डल – सल्लाहकार
प्रेम मण्डल – सल्लाहकार
कालेश्वर मण्डल – सल्लाहकार
राजाराम मण्डल – सल्लाहकार
सञ्जय कुमार मण्डल – सल्लाहकार



