मित्र देश भारतको सहयोगस्वरूप ५० सैन्य सवारी बेलहिया नाकाबाट नेपाल भित्रियो।
महोत्तरी टुडे
माघ २९ २०८२
भैरहवा । मित्र देश भारतले नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरेको ५० वटा सैन्य सवारीसाधन बेलहिया नाकाबाट नेपाल भित्रिएको छ। उक्त सवारीसाधनहरू रूपन्देहीस्थित बेलहिया सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।

नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धसँगै रक्षा क्षेत्रमा समेत लामो समयदेखि सहकार्य हुँदै आएको छ। सोही सहकार्यअन्तर्गत भारतीय सेनाले उपलब्ध गराएको यी सैन्य गाडीहरू नेपाली सेनाको कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न उपयोगी हुने विश्वास गरिएको छ।
दुवै देशबीचको पारस्परिक विश्वास, मित्रता र समझदारीको प्रतीकका रूपमा लिइएको यस सहयोगले नेपाल–भारत रक्षा सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। नेपाली सेनाले प्राप्त सवारीसाधनहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित इकाइमा वितरण गर्ने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
