अनेसास–नवोदित रचना वाचन डबलीको १६७औँ श्रृङ्खला विशेष कार्यक्रमसहित हुँदै
आशिक हुसैन शेख दोहा, कतार ।
कतारमा स्थापित साहित्यिक संस्था अनेसास कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा प्रत्येक महिनाको दोस्रो शुक्रबार आयोजना हुँदै आएको “अनेसास–नवोदित साहित्यिक रचना वाचन डबली” को १६७औँ श्रृङ्खला यसपटक विशेष कार्यक्रमका साथ सम्पन्न हुने भएको छ।
उक्त कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष श्री श्यामराज रानाभाटद्वारा सिर्जित म्युजिक भिडियो “रुँदै रुँदै छुटेको मान्छे” सार्वजनिक गरिने आयोजकले जनाएको छ। साहित्यिक र सांगीतिक प्रस्तुति समेटिने यस विशेष कार्यक्रममा साहित्यकार, सर्जक, पत्रकार तथा नेपाली भाषा, साहित्य र सिर्जनामा रुचि राख्ने सम्पूर्ण महानुभावहरूको सहभागिता अपेक्षित गरिएको छ।
कार्यक्रम १३ फेब्रुवरी २०२६ (शुक्रबार) गोर्खाली रेस्टुरेन्ट, मुन्ताजामा दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विशिष्ट श्रोताका रूपमा रविन मगरको उपस्थिति रहनेछ भने कार्यक्रम संयोजन थापा सोमले गर्ने जनाइएको छ।
आयोजक संस्था अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले सबै साहित्यप्रेमीलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन हार्दिक अनुरोध गरेका छन्।
